दफा ३
कोषको स्थापना
(१) मन्त्रालयले आवश्यक देखेमा आफ्नो उत्पादन वा सेवा बिक्री गरी आर्जन गर्ने निकायको लागि विशेष कार्य सञ्चालन गर्न कार्य सञ्चालन कोषको स्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु जम्मा हुनेछन्ः–
(क) प्रत्येक आर्थिक वर्षमा विनियोजन ऐनद्वारा छुट्याइएको रकम,
(ख) प्रत्येक आर्थिक वर्षमा सञ्चित कोषमा दाखिल हुने आम्दानीबाट नेपाल सरकारबाट तोकिएबमोजिम छुट्याइएको रकम ।